दफा ५०
गुठी जग्गामा दर्ता गराउनु पर्ने
यो ऐन प्रारम्भ हुनुभन्दा अघि कुनै व्यक्तिले गुठी जग्गा जानी जानी रैकरमा दर्ता गराएको भए त्यस्तो व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र सो जग्गा पुन गुठी जग्गामा दर्ता गराउनु पर्नेछ ।